Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

विष्णु पौडेलसँगै बालुवाटारको जग्गा किन्ने न्यायाधीशलाई छोरा नवीन पौडेलसँगै उन्मुक्ति ?

भर्खरै

काठमाडौं । केपी ओली भन्थे, भ्रष्टाचार पनि गर्दिनँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ । यसो भन्दाभन्दै उनकै मन्त्रिमण्डलका सदस्यजति कोही विवादित र भ्रष्ट अरु सरकारमा देखिएनन् ।

उनका दुवै उपप्रधानमन्त्री ईश्वर पोखरेल र विष्णु पौडेल भ्रष्टाचारको चरम विवादले यो शताब्दीभर नै नेपाली जनताले बिर्सन नसक्ने प्राणीद्वयमा पर्छन् ।

१३ दिन भए पनि मन्त्री भइछाड्ने पोखरेललाई एमालेभित्रै पनि कमरेड पानी ट्यांकी भनेर चिनिन्छ । उनको २ अर्ब रुपैयाँ भन्दा बढीको सम्पत्ति कसरी आयो भनेर बेलाबखत समाचार आउँछन्, ईश्वर पोखरेल कतै जवाफ दिने हैसियत राख्दैनन् ।

यस्तै, अर्का उपप्रधानमन्त्री विष्णु पौडेल २०४७ सालको बाढीपहिरोमा बुटवलको सुकुम्बासी बस्तीमा देखिएका पात्र हुन् । अहिले पनि त्यो बस्तीमा हाडछाला खियाउनेहरुको नियती उस्तै छ । तर यिनै विष्णु पौडेल भने बहुचर्चित बालुवाटार जग्गा प्रकरणमा जोडिँदा पनि केपी शर्मा ओलीले उनैलाइ काखी च्याप्दै भनिरहे, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ ।

ललिता निवास प्रकरणमा जोडिएका पौडेलले आफ्नो राजनीतिक चरित्रमा दाग नलाग्ने बनाउन के सम्म गरेनन् ? उनले बालुवाटारको जग्गा आफ्नो नभइ छोरा नवीन पौडेलको भएको प्रमाण बनाएर आफू पानीमाथिको ओभानो बने । आफ्नो राजनीति सिध्याउनु भन्दा छोरोको चरित्र लिलाम हुँदा निको हुने ठाने ।

त्यतिमात्र होइन, अख्तियारमा छानबिन शुरु गराउने केपी ओलीकै सल्लाह र निर्देशनमा छोराको नाममा जग्गा बनाउने काम मात्र भएन, साखुल्ले पल्टिएर भूलवश लिइएको जग्गा फिर्ता दिन तयार भन्ने किर्ते प्रमाणका आधारमा शक्तिमा भएकै कारण बाबुछोरालाई नै उन्मुक्ति दिन केपी ओली नै लागेपछि यतिखेर नेकपा एसको भ्रातृसंगठन युवा संघ नेपालले कुनै पनि हालतमा नवीन पौडेललाई उन्मुक्ति नदिन र अनुसन्धानमा राखेर अन्य मतियार झैँ कारबाहीको दायरामा ल्याउन चेतावनी दिएको छ ।

बालुवाटारको जग्गा किनेर उन्मुक्तिकका लागि तयार पारिएका अर्का पात्र हुन् कुमार रेग्मी । जो सर्वोच्चमा न्यायाधीश छन् । के यी न्यायाधीशलाई थाहा थिएन होला, राजदरबारको जग्गा आफ्नो नाममा पास गर्दा भोलि अप्ठेरो पर्छ ? अनि कुनै एउटा सामान्य किसानले यस्तो काम गरेको र त्यो मुद्दा यिनै न्यायाधीश रेग्मीको बेन्चमा परेको अनि किसानले नरम हुँदै म अधमबाट भूल भयो हजुर, जग्गा फिर्ता दिन्छु भन्दा के रेग्मीले ती किसानलाई माफी दिन्थे होलान् ? खैर, केपी ओलीको शासनमा आफ्नो मान्छे जोगाउन परे केसम्म हुँदैन ? विष्णु पौडेल जोगाउन जग्गा निर्दोष छोराको नाममा ।

छोराको चरित्र नै जुवा खेलेर विष्णु पौडेल कुन राजनीतिक यात्राको वैतरणी तर्न चाहन्छन् ? अनि ओलीकै अपराधलाई साथ दिएपछि न्यायाधीश पनि जग्गा फिर्ता गर्छु भन्ने किर्ते बयानका आधारमा माफी लायक हुन्छन् ?

युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि, अख्तियारको छानबिनमा कुमार रेग्मी र नवीन पौडेललाई जोगाउने गरी भइरहेको अनुसन्धानमा युवा संघले हस्तक्षेप गर्न नपरोस् ।

भ्रष्टाचारीलाई उन्मुक्ति दिने काम नहोस् । उसै पनि यिनै कुमार रेग्मीहरु पढाउँथे कोही दार्शनिकको नाम दिँदै, इग्नोरेन्स अफ ल इज नो एक्स्क्युज । अनि निसाफ सुनाउनेहरु आफैँ बयान दिँदा चैँ कसरी एक्स्क्युज ? पढ्नुहोस् युवा संघ नेपालको विज्ञप्तिः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष