29.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

मन्त्रीआलेको अर्को एक्सन : १३ करकरोड राजस्व कुम्ल्याएर नेपाल छोड्नलागेका विदेशीलाइ मध्यरातमा एर्पोटबाटै पक्राउ

सम्बन्धित खबर

काठमाडौँ । चौबिसै घण्टा जुवा खेलाएर अरबौं उठाउने तर नियमानुसारको राजश्व नबुझाउने विदेशीलाई विमानस्थलमा रोकिएको छ । राजश्व नतिरिकनै विदेश हिँड्न लागेका अमेरिकी नागरिकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा विमानस्थलबाट प्रहरीले समातेको हो ।

एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ । अमेरिकी नागरिक माइकले भैरहवाको टाइगर प्यालेस रिसोर्टमा दुई वटा क्यासिनो सञ्चालन गरेका छन् । उनले बुझाउनुपर्ने कर नबुझाएपछि समातिएको मन्त्रालय स्रोतले बताएको छ । उनले सरकारलाई १३ करोड रुपैयाँ तिर्न बाँकी छ ।

मुलुकभर रहेका १० वटामध्ये ८ वटा क्यासिनोले राजश्व बुझाएका छन् । राजश्व नबुझाउनेको लाइसेन्स जफत गर्ने भनिएको छ । जफत भएको अवस्थामा लाइसेन्स प्रक्रिया शुरुदेखि थाल्नुपर्ने हुन्छ । त्यही झण्झटिलो अवस्थालाई ध्यानमा राखेर अरुले राजश्व बुझाएका हुन् ।

तर अमेरिकी नागरिकले आफूले सञ्चालन गरेको क्यासिनोको करोडौं राजश्व अपचलन गर्ने उद्देश्यले मुलुक छाड्न खोजेपछि हिजो राति साढे १० बजे विमानस्थलमा समातिएको हो । ‘जुवा खेलाएर अरुको सम्पत्ति लुट्ने तर कर नतिर्नेलाई छाड्न दबाब आए पनि मन्त्रालय टसको मस भएन,’ उच्च स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष