26.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

पत्रकारमाथि प्रश्न उठाउने ठाउँ नदिऔं : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

सम्बन्धित खबर

खोटाङ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘पत्रकारले गल्ती गर्दैन’ भन्ने मान्यतामा विचलन आउन दिन नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा खोटाङको संयोजनमा प्रेस काउन्सिलले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रममा अध्यक्ष बस्नेतले पत्रकारबाट गल्ती हुँदैन भन्ने स्थापित मान्यतामा विचलन आउन नदिन पत्रकारलाई आग्रह गरेका छन् ।

‘पत्रकारले गल्ती गर्दैन । पत्रकारले लेखेको साँचो हो भन्ने मान्यता छ, त्यो मान्यतामा विचलन आउन दिनु भएन । पत्रकारले लेखेको ठीक हो, कुनैपनि मिडियामा जुनसुकै कुरा लेखेको होस्, त्यो साँचो हो भनेर जनताले पत्याइदिनु पर्छ । पत्याउँनु पर्छ । त्यो मान्यता छ,’ अध्यक्ष बस्नेतले भने, ‘अव पत्याउन छाडे भने हामीमाथि प्रश्न उठ्छ, पत्रकार यस्तै हुन् भन्न थालियो भने के हुन्छ हालत । यो विकसित हुन दिन हुन्न ।’

‘नेता बन्ने भए राजनीतिमा लाग्नुस्’

अध्यक्ष बस्नेतले नेता बन्न रहर भएका पत्रकारलाई पत्रकारिता छाडेर सक्रिया राजनीतिमा लाग्न सुझाव दिएका छन् । पत्रकारमाथि नेता की पत्रकार भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै अध्यक्ष बस्नेतले राजनीतिक दलमा सक्रिया हुने हो भने पत्रकारिता कर्म छाडेर ढुक्कले राजनीतितिर लाग्न सुझाव दिएका हुन् ।

‘हामीमाथि पत्रकार हो की राजनीतिक दलको नेता हो भन्ने खालको प्रश्न उठिराखेको छ । हामीले त्यस्तो काम नगरौं । राजनीतिक दलमा सक्रिया हुने हो भने पत्रकारिता कर्म छाडौं, ढुक्कले राजनीतितिर लागौं,’ बस्नेतले भने, ‘सबैको आस्था हुन्छ, कतै मत हाल्न सकिन्छ, लविङ गर्न सकिन्छ तर सक्रिया राजनीति गर्नुहुन्छ, नेता बन्नुहुन्छ भने पत्रकारिता छोड्नुस् । जनताले प्रश्न उठाउँछ । पाठकले पत्याउँदै पत्याउँदैन ।’

अध्यक्ष बस्नेतले अरुलाई प्रश्न उठाउने पत्रकारमाथि अरुले प्रश्न उठाउने ठाउँ दिन नहुनेमा जोड दिएका छन् । उनले पत्रकारिताको अलवा अन्य काम गर्न मिले पनि पत्रकारितामा प्रश्न उठ्नेगरी अरु काम गर्न नहुने बताएका छन् । ‘छातीमा हात राखेर भनौं त हामी कति स्वतन्त्र, स्वस्थ र स्वच्छ पत्रकार छौँ । हामीमाथि किन प्रश्न उठिरहेको छ ?,’ अध्यक्ष बस्नेतले भने, ‘हामीले अरुलाई प्रश्न उठाउने हो, अरुले प्रश्न उठाउने ठाउँ दिनु हुँदैन ।’

प्रेस काउन्सिलका सदस्य ठाकुर बेलबासेले सञ्चार माध्यममा व्यक्ति वा संस्थाको मान हानी, चरित्र हत्याका घट्ना बढी भएको, एक सञ्चार माध्यमको समाचार हुबहु गरेर सार्ने गरेको, समाचारलाई विज्ञापन र विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गरेको पाइएको बताए । सदस्य बेलबासेले गत साउनदेखि १६ पुससम्मको अवधिमा १०३ वटा उजुरी परेकामा ६५ वटा फछ्र्यौट भएको जानकारी दिएका छन् ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य, गैसस महासंघका जिल्ला अध्यक्ष दानबहादुर राई लगायतले पत्रकारलाई एउटा दलको नभएर साझा बन्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष