Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

बिद्युत् प्राधिकरणका कर्मचारी ललितपुरमा घुससहित पक्राउ

भर्खरै

काठमाडौं । नेपाल बिद्युत् प्राधिकरणका कर्मचारी ललितपुरमा घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुपरभाइरजर सोमप्रसाद पहाडीलाई पक्राउ गरेको हो ।

प्राधिकरणको ग्रिड महाशाखा पाटनमा कार्यरत उनले बिजुलीको पोल सारिदिन घुस मागेका थिए । एक लाख ४० हजार रुपैयाँ घुससहित आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । कार्यालयबाटै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ । गोदावरी नगरपालिका–१ दमाईटारका एक स्थानीयले आफ्नो जग्गामा रहेको पोल सारिदिन आग्रह गर्दा उनले घुस मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष