spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

अब अरु कर्मचारी पनि निकालिनेछन्ः उप्रेती

spot_imgspot_imgspot_imgspot_img

-

हेटौँडा । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकाका अरु कर्मचारी पनि निकालिने बताउनु भएको छ ।

सुत्केरी, गर्भवती अवस्थाका ४ महिलासहित १० जना कर्मचारी निकालिएपछि चर्को आलोचना खेपिरहनु भएका अध्यक्ष उप्रेतीले भन्नु भयो, ‘यतिखेर १६ करोड रुपैयाँ राजश्व उठ्नु पर्नेमा ५ करोड रुपैयाँ पनि नउठेकाले कर्मचारी कटौती गर्नु परेको बताउनु भयो ।

नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषणासँगै चर्चामा रहेको मनहरी गाउापालिकाले आन्तरिक स्रोतबाट कर्मचारीलाई रोजगारी दिइरहेको र स्रोत घटेपछि बाध्य भएर निकालिएको बताउनु भयो ।

करार माग्न आए

कर्मचारी भर्तीबारे कतै विधि विधान छैन । ज्यालादारीमा राखिएको हो । भएका कर्मचारी पाल्नै नसक्ने अवस्थामा सामान्य सहमतिमा राखिएका ज्यालादारीका कर्मचारीहरु लामो समय काम गरेको भन्दै करार माग्न आएपछि थप समस्यामा परेको अध्यक्ष उप्रेतीको भनाइ छ ।

वडाध्यक्षहरुको असहमति

गाउँपालिकाको निर्णयमा ३ जना वडाध्यक्षहरुले नोट अफ डिसेन्ट राख्नु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष आनन्द घलान, ३ का वडाध्यक्ष विष्णुबहादुर थिङ र ९ का वडाध्यक्ष साधुराम अधिकारीले लिखित असहमति राख्नु भएको छ । ‘उनीहरुको अधिकारी हो, राख्न पाइयो,’ अध्यक्ष उप्रेतीको तर्क छ ।

सुत्केरी कर्मचारीबारे थाहा छैनः प्रशासकीय अधिकृत

मनहरी गाउँपालिकामा ४२ दिनअघि हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठले निकालिएका कर्मचारीहरुबारे आफू जानकार नरहेको बताउनु भएको छ । ‘यो विषयमा पदाधिकारीहरु जान्नुहुन्छ, मलाई केही थाहा छैन,’ माघको जाडोमा सुत्केरी र गर्भवती महिलाहरु पनि निकालिएछन् भन्ने प्रसंगमा श्रेष्ठले भन्नु भयो, ‘को कर्मचारी गर्भवती छन्, को सुत्केरी छन्, मलाई भनिएको छैन ।’

‘उपाध्यक्षले एसएमएस आएन भन्नु भएको छैन’

कार्यपालिका बैठकमा उपाध्यक्ष मनिला विष्ट अनुपश्थित हुनुहुन्थ्यो । ‘उपाध्यक्ष बैठकमा नआउनु भएको हो,’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नु भयो, ‘खबर सबैलाई हुन्छ, मनहरीमा सबैलाई ब्लक एसएमएस गरिन्छ, मैले फोन गरेर बोलाउने कुरा भएन, त्यही एसएमएस हेरेर सबै आउने हो, उहाँले एसएमएस आएन भन्नु भएको छैन ।’

५९ वर्षेलाई पनि ज्यालादारीमा काम

ज्यालादारीमा काम गरेकाहरुलाई बिदा दिने भने पनि अध्यक्ष एकराज उप्रेतीले आफ्ना निकटका मान्छेलाई भने अवकाशपछि पनि पालिकाबाटै निर्णय गराएर ज्यालादारीमा काम लगाइरहनु भएको छ ।

जुन गाउँपालिकाबाट अवशकाश भए, त्यही गाउँपालिकामा ज्यालादारीमा काम पाउने कर्मचारी हुन् टेकराज पोख्रेल । उनी मनहरी गाउँपालिकाका होइनन्, निकालिएका १० जना भने मनहरी गाउँपालिकाकै हुन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग