Monday, September 25, 2023
23.8 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

गोदावरी खोला सफाई अभियान अब टोल टोलमा, खोला अतिक्रमण हटाएरै छोड्ने मन्त्री झाँक्रीको उद्घोष

भर्खरै

गोदावरी । गोदावरी खोला सरसफाई अभियानले अब टोल टोलमा सरसफाई अभियान सुरु गर्ने भएको छ ।

ललितपुरको गोदावरीमा आयोजित गोदावरी खोला सरसफाई १५०औं हप्ता पुगेका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानकी अभियन्ता बेबी राजभण्डरीले अब टोल टोल सरसफाई कार्यक्रम सुरु गर्ने घोषणा गरेकी हुन् ।

बागमती सरसफाई अभियानका अभियन्ता पूर्वराजदूत तथा पूर्वमुख्यसचिव लिलामणी पोखरेलले गोदावरी नगरलगायतको सहयोग पाएर गोदावरी खोला सरसफाई कार्यक्रम सफल भएको बताए । उनले भने, ‘हामी अभियन्ताले राजनीतिक दलको चाही सहयोग पाएनौं । उनीहरुले हाम्रो अभियानलाई सहयोग गर्नुको साटो खिसिट्युरी गरेका छन् ।’ अभियन्ता पौडेलले आउँदो निर्वाचनमा अभियानलाई खिसी गर्नेहरुलाई देखाइदिने बताए ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिका सरसफाई अभियानलाई सधै सहयोग गरेको र आउँदा दिनमा सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘यो काम हाम्रो हो । अभियन्ताले हामीलाई सघाइरहेका छन् ।’

नगरकी उपमेयर मुना अधिकारीले खोला किनारमा नगरभन्दा बाहिरबाट आएर बंगुर, कुखुरा र हाँसलगायत पालेर फोहोर गरिरहेको बताइन् । उनले भनिन्, ‘हामीले सूचना निकालेर हटाउन अनुरोध गरेका छौं । नहटाए कारवाही गछौं ।’

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले खोला किनारमा विभिन्न संघसंस्था र धर्मका नाममा भएका अतिक्रमण हटाएरै छोड्ने उद्घोष गरिन् । उनले भनिन्, ‘खोलामा मिसिने ढल प्रशोधन गर्न धेरै बजेट र ठाउँ चाहिन्छ । हामी कम खर्च र ठाउँमा कसरी ढल प्रशोधन गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छौं ।’

पूर्वसासंद उदयशम्सेर राणाले संसारभरी नदी नालाहरु फोहोर भइरहेको अहिलेको अवस्थामा धेरै देशले नदी सफाईमा ठूलो धनराशी खर्च गरिरहेको बताउँदै नेपालमा अभियानको भरमा सरसफाई भइरहेकोमा अब सथानीय सरकारले यो कामको जिम्मा लिन सुझाव दिए । उनले भने, ‘यो काम स्थानीय सरकारको हो । अब मेयर गजेन्द्र महर्जनले यो कामको थालनी गर्नुपर्छ ।’
कार्यक्रमअघि विभिन्न नदी सरसफाई अभियानका अभियन्तालाई सम्मान गरिएको थियो भने मुहान क्षेत्र सफाई गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष