spot_img
18.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

संचार क्षेत्रको बिकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री पाण्डे

spot_img

-

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संचार क्षेत्रको समग्र बिकास र संचारकर्मीहरुको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै यसका लागि प्रदेश सरकार सबैले अनुभुत गर्ने गरी कार्ययोजना निर्माणको क्रममा रहेको बताएका छन् ।

प्रदेश सरकारको सफलतामा संचार क्षेत्रको रचनात्मक भुमिका अपेक्षित रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको तथ्यलाई आत्मसात गर्दे प्रदेश सरकार संचार क्षेत्रसंगको सहकार्यको पाटोलाई मजबुत बनाउँदै अघि बढ्ने समेत मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाए ।

मगलबार बिहान नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको १० बुँदे माग पत्र बुझेपछि मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशका सबै जिल्लामा सूचना केन्द्र स्थापनाको कामलाई तत्काल अघि बढाउने, हेटौंडामा पत्रकार महासंघको प्रदेश कार्यालय निर्माणको प्रकृया सुरु गर्ने, सबै पत्रकारहरुलाई बीमाको दायरामा समेट्ने र समस्याग्रस्त संचारमाध्यमको दीगोपनाका लागि आवश्यक नीति तर्जुमा गर्ने प्रतिबद्धता जनाए ।

त्यसक्रममा मुख्यमन्त्री पाण्डेले सरकार र संचार क्षेत्र दुबैले एक–अर्काप्रति अपनत्वबोध गर्नसक्ने अवस्था निर्माणका लागि दुबै पक्ष जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

त्यसक्रममा पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देबकोटा, उपाध्यक्ष रुपेश दुलाल र महासचिव कृष्ण सारुमगरले बागमती प्रदेश भित्रका संचारमाध्यम र संचारकर्मीहरुको समस्या अवगत गराउँदै समस्या समाधानका लागि १० बुँदे मागपत्र प्रस्तुत गरेका थिए ।

मागपत्रमा संचारकर्मीहरुका लागि बिधागत पत्रकारीता तालिम, छात्रबृत्ती, बिरामी पत्रकारहरुको उपचार, चितवन र काभ्रेमा तालिम केन्द्रको स्थापना, कोरोनाका कारण समस्यामा रहेका संचारमाध्यमहरुलाई सहयोग, नीतिगत बिज्ञापन प्रणालीको ब्यवस्थापन लगायतका मागहरु समाबिष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग