Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

काठमाडौं एमालेको सिङ्गो वडा कमिटी नै एकीकृत समाजवादीमा समाहित

भर्खरै

काठमाडौं। काठमाडौंको शंकरापुर- २ बाट एमालेको सिङ्गो वडा कमिटी नै एकीकृत समाजवादीमा समाहित भएको छ ।
वडा कमिटी सचिव सुमन लामा सहित कमिटीका ८ जना सदस्यलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले आज पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्नुभयो ।

उक्त अवसरमा पार्टी अध्यक्षले भन्नुभयो- ‘एमालेमा रहनुभएका साथीहरू अन्याय र अत्याचारबाट आजित हुनुभएको छ, त्यहाँ उकुसमुकुस भएर विद्रोह गर्ने लहर शुरु भएको छ ।’ अहिले साथीहरूको विद्रोहको लहर चलेर ठाउँ ठाउँबाट एमालेमा पहिरो गइरहेको उहाले बताउनुभयो । केही दिनमै सिन्धुपाल्चोक एमालेमा समेत ठूलो पहिरो जाने उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष