spot_img
8.1 C
Kathmandu
Thursday, January 16, 2025
spot_imgspot_imgspot_imgspot_img

एमाले बैतडी अध्यक्षमा पाल र चन्दकाे दावी

spot_img

-

सीपी लोहिया/ बैतडी। नेकपा (एमाले) बैतडी अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । २३ पुसमा हुने आठौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले दावी प्रस्तुत गरेका हुन् ।

चन्द पक्ष अहिले चुनावी प्रचारप्रसारमा रहेकाे सचिवका दावेदार सन्तोषप्रकाश जोशीले बताए । उनले भने, ‘हामी टिमसहित चुनावमा जान्छौँ ।’

पाल भने सहमतिबाटै अध्यक्ष बन्ने दाउमा छन् । पालले जिल्लाका नेता कार्यकर्तासँग लविङ गरिरहेका छन्। उनले भने, ‘नेताकार्यकर्ताको भावना बुझ्दा मलाई नै सर्वसम्मत जिल्ला अध्यक्षमा अघि सार्ने देखिन्छ । त्यसै अनुसार हुन्छ होला । कसैले नमानेमा चुनाव हुन्छ, चुनाव भएमा लड्नै पर्‍याे ।’

चन्दले भने वर्तमान अध्यक्ष पालले लामो समय पार्टीको नेतृत्व गरिसकेकाले अब हस्तान्तरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग