Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

सुवासले किन छाडे एमाले ?

भर्खरै

सिन्धुपाल्चोक । भौतिकरूपमा पटकपटक गएका ठूला पहिरोले चर्चित सिन्धुपाल्चोक यतिबेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा गएको नैतिक पहिरोका कारण पनि चर्चित बनेको छ ।

एमालेसँग ४० वर्षभन्दा लामो राजनीतिक यात्रा गरेका नेकपा एमाले सिन्धुपाल्चोकका नेता एवम् पूर्व सांसद सुवास कर्माचार्यले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणासँगै सिन्धुपाल्चोक एमालेमा कार्यकर्ता बगाउने पहिरो ठूलै जान्छ कि भनेर थापाथलीमा पनि स्याँठले नेताहरु कामेका छन् ।

लामो समय जिल्ला सचिवका रूपमा सिन्धुपाल्चोकको नेकपा एमालेलाई नेतृत्व गरेका कर्माचार्यले सामाजिक सञ्जालमार्फत आफू पार्टीबाट अलग्गिएको घोषणा गर्नु भएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु,’ उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

कर्माचार्य एमालेमा रहँदा पनि माधव नेपाल समूहकै नेताको रूपमा चिनिनु हुन्थ्यो । केपी शर्मा ओलीले संसद् विगटन गर्दा खुलेर ओलीको विरोध गर्नु भएको थियो । नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि भने ‘१० बुँदे पार्टी एकताको पक्षमा’ भन्दै उहाँ केपी ओली नेतृत्वको एमालेमै खुम्चिएर बस्न तयार हुनु भएको थियो ।

एमालेको चितवन महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार हुने तयारी गर्नु भएका कर्माचार्य १० बुँदे पक्षधर भएका कारण रोकिनु भयो । पछि मनोनीत केन्द्रीय सदस्यको अफरलाई टिके केन्द्रीय सदस्य नबस्ने भनेर लत्त्याउनु भयो ।

जुझारु, प्रष्ट विचारक र इमानको पोलिटिक्स गर्ने नेता भनेर चिनिएका कर्माचार्यले एमाले छाडेपछि धेरै जिल्लास्तरीय नेताहरूले उहाँलाई साथ दिने आँकलन गरिएको छ ।

एमाले सिन्धुपाल्चोकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिरहँदा उहाँको बहिर्गमनले पार्टीमा ठूलो धक्का लाग्नेछ । हिजो पुस १० गते भएको एमालेको जिल्ला कमिटी बैठकमा समेत उहाँ उपस्थित हुनु भएन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष