‘प्रेस चौतारीमा गोकुल’

Categories:

-

काठमाडौं । केपी ओलीसँग दशबुँदे सम्झौता गरेर गएकाहरू एमालेमा कतिसम्म लखेटिँदैछन् भन्ने उदाहरण प्रेस चौतारी नेपालमा देखिने भएको छ ।

एमाले प्रचार विभागको जिम्मेवारी मुक्त गराएर जनसंख्या तथा स्वास्थ्य विभागमा पठाइएका योगेश भट्टराईसँगै विदेश विभागबाट खेदाएर प्रेस चौतरी सहइन्चार्ज बनाइएका विष्णु रिजाल त्यहाँबाट पनि खेदिने भएका छन् । स्रोतका अनुसार आसन्न बुटवल बैठकपछि प्रेस चौतारी इन्चार्जमा गोकुल बाँस्कोटालाई ल्याउने तयारी भएको छ।

अहिलेका सहइन्चार्ज बिष्णु रिजालले बरिष्ठ उपाध्यक्ष माधव नेपाललाई चौतारीको अध्यक्ष बनाउने तयारी गरेपछि रिजाललाई पनि त्यहाँबाट खेदाउन लागिएको बुझिएकाे छ ।

समाजवादी प्रेस संगठन नेपालका नेताहरुलाई फोन गरेर चौतारीमा फर्किन र रोजेको जिम्मेवारी लिन आग्रह गर्दै गोकुल दाईले फोन गर्न लगाउनु भएको भन्दै सरकारी सञ्चारमाध्यममा कार्यरत चाैतारीका एक संस्थापक नेताले अभियान नै चलाएका छन् ।

उनकाे भनाइमा माघ २२ मा चाैतारीकाे अधिवेशन हुँदा इन्चार्ज गाेकुल बाँस्काेटा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img

भर्खरै

साहित्य