23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

प्रधानमन्त्री देउवाको भारत भ्रमण गर्ने साइत जोतिषले निकाले पुषको अन्तिम साता

सम्बन्धित खबर

काठमाडौं । प्रधानमन्त्री देउवाको भारत भ्रमण पुषको अन्तिम साता हुने भएको छ । ठूलाठूला काम जोतिष परामर्श द्वारा तिथि मिति निर्णयगराउने उनी २६ पौषमा भारतका लागि प्रस्थान गर्ने साइत जुरेको विश्वस्त स्रोतको दावी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारत भ्रमणमा जान लागेका हुन् ।

भ्रमणको तयारीका लागि नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि दिल्ली छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा अर्को कार्यकालका लागि नेतृत्वमा निर्वाचित भइसकेका छन् । उनको पार्टीमा दुई तिहाई पकड देखिएको छ । पार्टी र सरकारमा शक्तिशाली देखिएका देउवाको अब हुने भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।

तस्बिरमा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ज्योतिष पण्डित सुरेशचन्द्र रिजाल। तस्बिर स्रोत: ज्योतिष पण्डित रिजाल

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष