spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षकहरुले पठनपाठन बन्द गर्ने

spot_imgspot_imgspot_imgspot_img

-

काठडमाडौँ– विद्यार्थीले शिक्षक कुटेको विरोध स्वरुप रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षकहरुले पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।

मंगलबार रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै पठनपाठन बन्द भएको जानकारी दिएका हुन् ।

शैक्षिक संस्था जस्तो उच्च नैतिकता प्रर्दशन गर्नुपर्ने स्थलमा गुन्डागर्दी भएको भन्दै प्रध्यापक संघले शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थीप्रति खेद प्रकट गरेको छ ।

शैक्षिक संस्थामा प्राध्यापकहरु नै असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारी विद्यार्थीलाई कारबाही नभएसम्म अध्यापन नगर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले एक शिक्षकलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते शिक्षकको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग