20.1 C
Kathmandu
Saturday, November 2, 2024
spot_imgspot_imgspot_imgspot_img

पाटा नेपाल च्याप्टरद्धार आयोजित प्रोफेशनल शेफ प्रतियोगिता सम्मपन्न

spot_imgspot_img

सम्बन्धित खबर

काठमाण्डौं । प्यासिफिकएशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले ग्लोबल कलेज इन्टरनेशनलसँगको सहकार्यमा यही १८ डिसेम्बर २०२१ का दिन काठमाण्डौको मध्य–बानेश्वर स्थितग्लोबल कलेज इन्टरनेशनल मा “एक्सप्लोरिङ द अथेन्टिक डेलिकेसिजअफ नेपाल“शीर्षक अन्तर्गत “पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता” सम्पन्न गरेको छ प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

पाटा युवापर्यटन प्रोफेशनल शेफ प्रतियोगिता‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण अन्तर्गत आयोजित एक कार्यक्रमहो ।बार्षिक रुपमाआयोजना गरिने युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमाअध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमाभावी सबल पर्यटन जनशक्तिको खोजमुलकअभियानको रुपमा अगाडि बढेको छ ।सो कार्यक्रमप्रतिभावानयूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यकतालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमताअभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफलभविष्यनिर्माणका लागिअभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ ।

पाटा नेपाल च्याप्टरमा आबद्ध पाँचप्रमुखहोटल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरु– सिल्भर माउन्टेन, गेट, जीसीआई, आईएसटी र नाथम को प्रतिनिधित्वगर्दै भविष्यमा नेपाली शेफ बन्नचाहने उत्कृष्ट १० विद्यार्थीहरूले प्रतियोगितामाभागलिएकाथिए। उनीहरुले नेपालको विविध संस्कृति र क्षेत्रहरूबाट केही स्वादिष्ट एवम् मौलिक नेपालीव्यञ्जनहरूलाई प्रोफेशनलपाककला र नया रचनात्मक शैलीका साथ् प्रश्तुतीकरण गरे ।

प्रतियोगितामा शेफ गोविन्द नरसिंह केसी, शेफ जीतेन प्रधान, शेफ सुनसरी नेपाली र शेफ विक्रमगिरी लगायत विशिष्ट व्यक्तित्वहरुको निर्णायक मण्डललेसहभागीविद्यार्थीहरुकापाककला र दक्षता को मूल्यांकन गर्नुभएको थियो । निर्णायकहरूले युवाविद्यार्थीहरूले प्रदर्शन गरेको जोश, तयारी, रचनात्मक शैली र नवीनविचारहरूबाट प्रभावितभएको बताए ।

ग्लोबल एकेडेमीअफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्यनरत रुबी पुडासैनी र सुन्दर शेर्पाले विजेताको रुपमापाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिताको उपाधि हात पारे। त्यसैगरी, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट–नाथमप्रतिनिधित्वगर्दै पासाङ्गल्हामु शेर्पा र सोना श्रेष्ठ प्रथमउपविजेता र सिल्भर माउन्टेन स्कुलअफहोटल म्यानेजमेन्ट प्रतिनिधित्वगर्दै सन्देश कँडेल र पेमा तामाङको द्वितीयउपविजेता घोषित भए। दुई विजेताविद्यार्थीहरूलाई पाटा नेपाल च्याप्टरबाट शेफ सन्तोष शाहसँगको विशेष मेन्टरशिपकार्यक्रम र अन्यआकर्षक पुरस्कारहरू प्रदान गरिनेछ।

पाटा नेपाल च्याप्टरका निवर्तमानअध्यक्षश्री सुनिलशाक्यले स्वागतमन्तव्य राख्दै पाटाको यो पहलले नेपाललाई हिमाल र साहसिक पर्यटनका अतिरिक्त संस्कृति र खानाकालागिउत्कृस्ट गन्तव्यको रूपमा प्रवद्र्धन गर्न र दीर्घकालीन रूपमाभविष्यका नेपाली शेफहरू निर्माण गर्ने अभियान मा उल्लेखनीय सहयोग प्रदानहुने बताउनु भयो। साथै, उनले समसामयिक परिस्थितिमा पर्यटन उद्योगको अस्तित्व रक्षा र पुनरुत्थानअभियान संगै खानाको गुणस्तर र सेवाको मानकीकरण गर्दै अगाडि बढ्नुपर्ने आवस्यक रहेको बताए।

ग्लोबल कलेजकानिर्देशक डा देवराज पनेरुले उपस्थितअतिथि र सहभागीहरूलाई स्वागतगर्दै आफ्नो कलेजले बिद्यार्थीहरुको बहुआयामिकविकासकालागि ५० भन्दा बढी संस्थाहरूसँग सहकार्य र साझेदारी गरेको बताउनुभयो, जसमा पाटा सँगको सहकार्यले पर्यटन तथाआतिथ्यता मा अध्यनरत बिद्यार्थीहरुलाई आवस्यक सहभागिता र व्याहारिक सिकाई प्रदान गर्न धेरै फलदायीएवम् प्रभावकारी रहेको र आगामी धेरै वर्षसम्म पाटासंग निरन्तर सहकार्य रहने बताउनु भयो ।

पाटा नेपालकासिइओश्री सुरेश सिंह बुडालले पाटा नेपाल च्याप्टरका तर्फबाट धन्यवाद ज्ञापन गर्दै प्रतियोगिताको नतिजा घोषणा गर्नुभयो । वहाँले यहीबर्ष गतअप्रिल २०२१ मा पब्लिकस्पिकिङ प्रतियोगिता, टुरिजम एण्ड हस्पिटालिटी क्विज, पाटा फुटसल प्रतियोगिता र कन्टेन्ट राइटिङ प्रतियोगितालगायतका चार प्रमुखप्रतियोगिता सम्पन्नभएको र जोश, जागर र कलाकौशलताले निपूर्ण भावी नेपाली शेफहरु को पहिचान सहित सम्पन्न“युवा पर्यटन प्रोफेशनल सेफ कम्पिटिशन”संगैपाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण समेत समापनभएको बताउनु भयो। पाटा नेपाल च्याप्टरले मार्च २०२२ मा पाटा युथ ट्यालेन्ट क्वेस्टको पाँचौं संस्करण आयोजना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष