सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला दुई लाख ६ सय

Categories:

-

काठमाडौं,१३ भदौ । सुनको मूल्य आज नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६ सय रुपैयाँ पुगेको छ।

हिजोको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ थियो। आज प्रतितोला १ हजार २०० रुपैयाँले वृद्धि भएको हो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा पाँच रुपैयाँले बढी हो।

विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु र अमेरिकी डलरको मूल्य उच्च रहनु यस बढोत्तरीका मुख्य कारण हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य