हाम्रो घर: बाल-कविता

-

हाम्रो घर (बाल-कविता)

      – सन्तोष कुमार पोखरेल

घर हाम्रो कस्तो राम्रो, राम्रो हाम्रो बारी

घाम हम्रो झुल्किदिन्छ, नगरकोट पारी।

घाम माथिमाथि पुगी, झ्यालबाट चियाउँँछ

अनि सुस्तसुस्त मेरो, ओछ्यनमा आउँछ।

उता डाक्छ मच्ची मच्ची, कुखुराको भाले

बिहानीमा नित्य पूजा, गर्छिन् नि आमाले।

तेसैबीच घाम मेरो, दादा बनी आउँछ

माया गर्दै न्यानो पारी, सुस्तरी ब्युझाउँछ।

माथ्लो तल्ला बोलाउँदै, आमा भेट्न जान्छु

सिसीभरी तातो दुदू, मिठो मानी खान्छु ।

मेरी मामू सारै राम्री, फोनमा देखा पर्छिन्

मेरो छोरा राम्रो भन्छिन्, खुबै माया गर्छिन्।

बेलाबेला सानुमामू, मलाई फोन गर्छिन्

धेरै धेरै माया गर्छिन् , सारै मन पर्छिन्।

घरैभरी उनले देsका, गुडियाका ताँती

खेल्ने जिनिस् कत्तिकत्ति, सानुमामू जाति।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य