काठमाडौं,१ साउन । कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को साउन १ गतेदेखि असार ३२ गतेसम्म कुल २७ करोड ३३ लाख १८ हजार ५१२ रुपैयाँ ४५ पैसा राजस्व संकलन गरेको छ।
नगरपालिकाको राजस्व संकलन विवरण अनुसार सबैभन्दा धेरै राजस्व वडा नं. ९ ले संकलन गरेको छ। वडा नं. ९ बाट ४ करोड १७ लाख ७० हजार ६३४ रुपैयाँ संकलन भएको हो। त्यसपछि वडा नं. ७ ले ३ करोड ८५ लाख ९८ हजार २८ रुपैयाँ राजस्व संकलन गर्दै दोस्रो स्थानमा रहेको छ।
नगरपालिका कार्यालयबाट मात्रै ८ करोड ६५ लाख ८२ हजार ७८७ रुपैयाँ संकलन भएको देखिएको छ।
त्यस्तै, अन्य वडाहरूको राजस्व संकलन क्रमशः यस्तो रहेको छ —
कागेश्वरी मनोहरा नगरपालिका
राजस्व संकलन विवरण (आ.व. २०८१/८२)
| सि.नं. | संकलन केन्द्र | राजस्व संकलन (रु.) |
|---|---|---|
| १ | वडा नं. १ | १६,९३,६३६९.४३ |
| २ | वडा नं. २ | ५३,५७,७३६.४२ |
| ३ | वडा नं. ३ | ५९,१५,१७१.२१ |
| ४ | वडा नं. ४ | १,२१,२४,०९१.१६ |
| ५ | वडा नं. ५ | १,६२,२६,९२४.१८ |
| ६ | वडा नं. ६ | २,८९,४०,११०.०३ |
| ७ | वडा नं. ७ | ३,८५,९८,०२८.२२ |
| ८ | वडा नं. ८ | २,०८,६६,६६०.२३ |
| ९ | वडा नं. ९ | ४,१७,७०,६३४.४० |
| १० | नगरपालिका | ८,६५,८२,७८७.१७ |
| जम्मा | २७,३३,१८,५१२.४५ | |
अक्षरेपी: सत्ताइस करोड तेत्तीस लाख अठार हजार पाँच सय बाह्र रुपैंया पैतालीस पैसा मात्र।
वडा नं. ६ ले २ करोड ८९ लाख ४० हजार, वडा नं. ८ ले २ करोड ८ लाख ६६ हजार, वडा नं. ५ ले १ करोड ६२ लाख २६ हजार, वडा नं. ४ ले १ करोड २१ लाख २४ हजार, वडा नं. १ ले १६ लाख ९३ हजार, वडा नं. २ ले ५३ लाख ५७ हजार र वडा नं. ३ ले ५९ लाख १५ हजार रुपैयाँ संकलन गरेको छ।
राजस्व संकलनको यो आँकडा स्थानीय तहको आर्थिक अनुशासन, कर प्रणाली र सेवा विस्तारको सूचकको रूपमा लिइएको छ। नगर प्रमुख उपेन्द्र कार्कीका अनुसार नगरपालिकाले सेवा प्रवाहमा पारदर्शिता र जनउत्तरदायिता कायम गर्दै राजस्व संकलनमा उल्लेखनीय प्रगति हासिल गरेको हो।
उनले आगामी दिनमा अझ प्रभावकारी कर संकलन प्रणाली लागू गर्ने, अनलाइन भुक्तानी प्रणाली विस्तार गर्ने र जनसहभागिता अभिवृद्धि गर्ने योजना रहेको बताए ।
यस उपलब्धिलाई स्थानीय तहमा वित्तीय सुशासनका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

