काठमाडौं महानगरपालिकाको जग्गा मूल्याङ्कनले हल्लायो बजार! प्रति आना ५० लाखसम्म कर निर्धारण

-

काठमाडौं, ३१ असार । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नयाँ जग्गा मूल्याङ्कन अनुसार दरबारमार्ग क्षेत्रको जग्गा सबैभन्दा महँगो मूल्यमा तोकिएको छ। दरबारमार्गसँगै जोडिएका अन्य मुख्य क्षेत्रहरूमा समेत प्रति आना ५० लाख रुपैयाँको दरले सरकारी मूल्य निर्धारण गरिएको छ।

कुन – कुन क्षेत्रमा पर्छन् ५० लाख प्रति आनाका जग्गा?

महानगरपालिकाका अनुसार ५० लाख प्रति आनाको मूल्य तोकिएका क्षेत्रहरूमा दरबारमार्ग, माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, हात्तीसार, जय नेपाल हल, घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू पर्छन्।

त्यस्तै जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वर, केशर महलदेखि ठमेल क्षेत्रपाटी हुँदै असन, इन्द्रचोक, भोटाहिटी, जुद्धशमशेर सालिक, न्युरोड, धरहरा क्षेत्र, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट, सुन्धारा र भद्रकाली क्षेत्रका मूल सडकसँग जोडिएका जग्गाहरूको मूल्य पनि ५० लाख प्रति आना कायम गरिएको छ।

कर निर्धारणका लागि मूल्यांकन

महानगरपालिकाले सम्पत्ति करको आधारमा जग्गाको मूल्य निर्धारण गरेको हो। यस मूल्याङ्कनलाई मूल्यवृद्धि नियन्त्रण तथा समुचित कर संकलनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

नयाँ मूल्याङ्कन कार्यान्वयनमा आएपछि काठमाडौंका विभिन्न क्षेत्रमा कारोबार हुने जग्गाको बजार मूल्यमा समेत असर पर्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य