नेप्सेमा ३५ अंकको गिरावट, ८ अर्बको कारोबार

Categories:

-

काठमाडौँ,३० असार  । नेप्से परिसूचकमा आज गिरावट आएको छ । आज नेप्से ३५.०९ अंकले घटेर २७२५. ७१ विन्दुमा कायम भएको छ ।

आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज माई खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ५.९० प्रतिशतले बढेको छ ।

त्यस्तै आज सामुदायिक लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी ४.४६ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ८८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य