काठमाडौं,२७ असार । निजी आवासीय घर निर्माण वा खरिद गर्न अब बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यो सीमा २ करोडबाट बढाएर ३ करोड पुर्याएको गभर्नर डा. विश्वनाथ पौडेलले घोषणा गरेका हुन्।
गभर्नर पौडेलका अनुसार पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत तोकिएको छ भने अन्य अवस्थामा अधिकतम ७० प्रतिशत सम्म कर्जा पाइनेछ।
उनको कार्यकालको पहिलो मौद्रिक नीतिमा बैंक दर ६ प्रतिशत, निक्षेप सङ्कलन दर २.७५ प्रतिशत, र नीतिगत दर ४.५ प्रतिशत कायम गरिएको छ।
गभर्नर पौडेलले अर्थतन्त्रलाई सहज बनाउने उद्देश्यले मौद्रिक नीति सजगतापूर्वक नरम बनाइएको र निजी क्षेत्रमा कर्जा प्रवाहको लक्ष्य १२ प्रतिशत राखिएको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्

