आज गभर्नर पौडेलको विस्फोटक नीति आउँदै! कुन ठुला निर्णयले हल्लाउनेछ बजार

Categories:

-

काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति अन्तिम चरणमा पुर्‍याएको छ। गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा सञ्चालक समिति बसेको बैठकले दुई दिनको तीव्र छलफलपछि नीति टुङ्गोमा पुर्‍याएको हो।

गभर्नर पौडेलका लागि यो पहिलो मौद्रिक नीति हो। उनले ‘र्यापिड फायर’ शैलीमा दुई दिन लगातार बैठक बोलाएर नीति अन्तिम बनाउन मुख्य भूमिका खेले।

आजै मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैङ्क स्रोतले जनाएको छ। नीति सार्वजनिक गर्न गभर्नर पौडेलले टेलिभिजन र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने तयारी गरेका छन्।

मौद्रिक नीति सार्वजनिक गरे लगत्तै पौडेलले बालुवाटार स्थित राष्ट्र बैङ्कको नयाँ भवनमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। पत्रकार सम्मेलन दिउँसो १:३० बजेपछि सुरु हुने राष्ट्र बैङ्क स्रोतले जनाएको छ।

मौद्रिक नीतिमा समावेश प्रमुख विषयहरू, ऋण लगानीको दायरा, कर्जा प्रवाह, ब्याजदर व्यवस्थापन, मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा सञ्चिति, डिजिटल भुक्तानी प्रणालीको विस्तारलगायतका पक्षमा गभर्नरको धारणा पत्रकार सम्मेलनमा स्पष्ट हुने अपेक्षा गरिएको छ।

अर्थतन्त्र सुधारका लागि सरकारको नीति तथा कार्यक्रम र बजेटसँग समन्वय गर्दै राष्ट्र बैङ्कले ल्याउने यो नीति अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।

बैङ्किङ, वित्तीय तथा उद्योग–व्यवसाय क्षेत्रले राष्ट्र बैङ्कको यो नीति कस्तो आउँछ भनेर विशेष चासोका साथ प्रतीक्षा गरिरहेका छन्।

राष्ट्र बैङ्कले आर्थिक स्थायित्व कायम गर्दै उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने सङ्केत दिँदै आएको थियो। यस वर्ष गभर्नर पौडेलको नेतृत्वमा कस्तो दिशा तय गरिन्छ भन्ने विषयमा सबैको नजर आज दिउँसो सार्वजनिक हुने मौद्रिक नीतिमा केन्द्रित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य