सिंह गर्जिए, कान्छाराम कड्किए : संसदमा रामेछापको बजेटलाई लिएर चर्काचर्की

Categories:

-

काठमाडौं, असार १० । प्रतिनिधिसभामा मंगलबार सहरी विकासमन्त्री प्रकाशमान सिंह र रामेछापका सांसद कान्छाराम तामाङबीच तीव्र तकरार भएको छ। विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा बजेट बाँडफाँटको विषयलाई लिएर दुबै जनप्रतिनिधि संसदमै एक अर्काप्रति आक्रोशित बने।

सांसद कान्छारामले रामेछाप जिल्लालाई बजेटमा उपेक्षा गरिएको गुनासो गर्दै २०८४ सालमा मन्त्री प्रकाशमान सिंहलाई फेरि संसदमै देख्न नपरोस् भनेर भगवानसँग प्रार्थना गरेका थिए। उनको यस्तो भावनात्मक अभिव्यक्तिपछि सदनमा केही बेर सन्नाटा छायो।

तर, त्यसपछि जब सहरी विकासमन्त्री सिंहले जवाफ दिन थाले, माहोल फेरि तात्यो। उनले भने, “रामेछाप जिल्लाकै कुरा गरौँ। माननीय कान्छारामले ठूला स्वरमा गुनासो गर्नुभयो। तर तथ्य हेर्नुपर्छ – नेपालको कुल जनसंख्याको ०.८ प्रतिशत रामेछापमा छ। त्यही अनुसार मन्त्रालयको ०.७ प्रतिशत बजेट, अर्थात् ८४ करोड ४७ लाख, ६६ वटा कार्यक्रममार्फत रामेछापमा गएका छन्।”

सिंहले कान्छारामलाई ‘कुरै नबुझी ठूला कुरा गर्नु भएको’ भन्दै आलोचना गरे। यस्तो आरोपपछि सांसद कान्छाराम जुरुक्क उठ्दै मन्त्रीको बीचमै प्रतिवाद गर्न खोजे, तर छेउका सांसदहरूले उनलाई बस्न आग्रह गर्दै रोके।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य