बुनपा १० मा समर फुटबल क्याम्पको अर्को फड्कोः बिराज महर्जनको उपस्थितिमा प्रशिक्षण

Categories:

-

काठमाडौं ८ असार । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० द्वारा सञ्चालित समर फुटबल क्याम्पले शनिबार बिशेष फड्को मारेको प्रशिक्षार्थी तथा कार्यक्रममा सहभागीहरुले अनुभुति गरे। यसको एउटै कारण थियो –नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान बिराज महर्जनको प्रेरणादायी उपस्थिति। एउटँ वडा स्तरीय कार्यक्रममा यस्तो ब्यक्तित्वको उपस्थिति गराउने १० नं वडा र त्यसका अध्यक्ष नबराज भट्टराई बिशेष धन्यवादका पात्र बने ।

कार्यक्रममा बिराज महर्जनलाई वडाध्यक्ष नवराज भट्टराईले विशेष स्वागत तथा सम्मान गरेका थिए । “बिराज महर्जनजस्ता अनुशासित, संघर्षशील र प्रेरणादायी व्यक्तित्वको उपस्थितिले आजका बालबालिकालाई असल खेलाडी मात्र होइन, असल नागरिक बन्ने बाटोमा ठूलो प्रेरणा मिल्नेछ। उहाँको जीवनयात्रा नेपाली खेलकुदमै मात्र होइन, युवापुस्ताका लागि एउटा उदाहरण हो।” भट्टराईको भनाई थियो
वडाध्यक्ष भट्टराईले भने, “हाम्रो उद्देश्य हो समुदायभित्रका स्रोत साधन प्रयोग गरी युवाहरूलाई सक्षम बनाउनु। बिराज महर्जनजस्तो स्टार खेलाडी र बिशाल श्रेष्ठजस्ता कर्मशील प्रशिक्षकबीचको संयोजनले हाम्रो समर क्याम्प अझै प्रभावकारी बनेको छ।”

महर्जनले सहभागी बालबालिकासँग आफ्ना अनुभवहरू बाँडे, उनीहरूको जिज्ञासाको उत्तर दिए र खेलप्रतिको लगाव बढाउने किसिमले प्रेरणादायी सम्बोधन पनि गरे। बालबालिकाले उहाँबाट अटोग्राफ प्राप्त गर्ने अवसर पाउनुका साथै उपयुक्त सन्देशहरू पनि प्राप्त गरे।

यस समर क्याम्पको प्रशिक्षणको नेतृत्व नेपालि फुटबलका पुर्व रास्ट्रीय गोलरक्षक तथा युवा प्रशिक्षक बिशाल श्रेष्ठले गरिरहेका छन्। उनी विगत केही वर्षदेखि बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण, नेतृत्व विकास, र खेलप्रतिको अनुशासन निर्माणमा सक्रिय छन्। उनको संयोजनमा बालबालिकालाई फुटबलका आधारभूत सीप, रणनीति, टिमवर्क लगायतका अभ्यासहरू दिइँदैछ।

क्याम्पमा स्थानीय विद्यालयका छात्रछात्रा र खेलप्रेमी बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको छ। कार्यक्रम २०७८ असार १ गतेदेखि सुरु भई असार १४ गते शनिबारसम्म सञ्चालन हुनेछ।
यस क्याम्पमा सैद्धान्तिक, व्यावहारिक, मनोवैज्ञानिक र प्रेरणादायी पक्ष समेटिएको प्रशिक्षण दिइँदैछ, जसले बालबालिकामा आत्मविश्वास, अनुशासन र नेतृत्व विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य