काठमाडौं, जेष्ठ १५ – समिप त्रिपाठी नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको केन्द्रिय सदस्यमा मनोनीत भएका छन्। संघको हालै सम्पन्न सचिवालय बैठकले उनलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको हो।
त्रिपाठी नेकपा (एमाले) निकट युवा संघमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनले संगठनको विभिन्न तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। भर्खरै सम्पन्न युवा संघ नेपालको महाधिवेशनमा उनी निर्वाचन आयोग उपाध्यक्ष पदका उम्मेदवारसमेत बनेका थिए।
त्रिपाठीले खेलकुद, नेतृत्व विकास र युवाको सशक्तिकरणमा पनि निरन्तर योगदान दिँदै आएका छन्। संघका अनुसार अनुशासित, कर्मठ र निष्ठावान् व्यक्तित्वका रूपमा चिनिएका त्रिपाठीको अनुभव संस्थाको विकासमा उपयोगी हुने विश्वास लिइएको छ।
उनको मनोनयनले संस्था थप ऊर्जावान् हुने विश्वास संघले व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्


