spot_img
23.1 C
Kathmandu

नेपालको विजयी सुरुवात: चार देशीय टी-२० सिरिजको पहिलो खेलमा कतार ८ विकेटले पराजित

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं, २७ चैत। हङकङमा सुरु भएको चार देशीय टी-२० क्रिकेट सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। मंगलबार मङककस्थित मिसन रोड ग्राउण्डमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटको स्पष्ट अन्तरले पराजित गरेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको कतारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन बनायो। कतारका कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ४३ बलमा ३ चौका र २ छक्का प्रहार गरे। शाहजैब जमिलले २५ बलमा ३१ रन बनाए भने मुजिब-उर-रहमान २० र मोहम्मद इर्साद १८ रनमा अविजित रहे।

नेपालका लागि बलिङतर्फ करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा नेपालले लक्ष्य पछ्याउन १७ ओभर मात्र खर्चियो। नेपालले २ विकेट गुमाउँदै १५२ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो। ओपनर कुशल भुर्तेलले ३८ रन बनाउँदै नेपालको इनिङ्सलाई मजबुत सुरुवात दिलाए। अर्का ओपनर आशिफ शेखले ३३ रन बनाए। कप्तान रोहित पौडेलले २६ बलमा ३७ रनको अविजित योगदान दिए भने बसीर अहमदले ३० रन बनाउँदै नेपाललाई सहज जित दिलाए। कतारका मुजिब-उर-रहमानले २ विकेट लिए।

नेपालले प्रतियोगितामा आफ्नो दोस्रो खेल भोली कुवेतसँग खेल्नेछ। चार देश सहभागी यस सिरिजमा आयोजक हङकङ, नेपाल, कतार र कुवेत छन्। सिरिज आगामी केही दिनसम्म हङकङमै जारी रहनेछ।

नेपालको आजको जितले टोलीको मनोबल उच्च बनाएको छ। एसिया कप छनोट र अन्य अन्तर्राष्ट्रिय तयारीको सन्दर्भमा यो प्रतियोगिता नेपालका लागि उपयोगी बन्ने अपेक्षा गरिएको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा युवा तथा अनुभवी खेलाडीहरूको संयोजनले नेपाललाई आगामी खेलहरूमा पनि राम्रो प्रदर्शन गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग