spot_img
23.1 C
Kathmandu

नेपाल क्रिकेट संघद्वारा वार्षिक करार सूची सार्वजनिक, पुरुषतर्फ पाँच र महिलातर्फ चार ग्रेड

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं, फागुन २९ – नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष खेलाडीहरूको वार्षिक करार सूची सार्वजनिक गरेको छ। क्यानका अनुसार खेलाडीहरूको प्रदर्शनको आधारमा ६ महिनापछि पुनः मूल्यांकन गरिने छ। नयाँ करार सूचीअनुसार पुरुष खेलाडीहरूलाई पाँच ग्रेड (‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इमर्जिङ’) तथा महिलाहरूलाई चार ग्रेड (‘ए’, ‘बी’, ‘सी’ र ‘डी’) मा वर्गीकरण गरिएको छ।

महिलातर्फ ‘ए’ ग्रेडमा परेका खेलाडीहरूले मासिक ५० हजार, ‘बी’ ग्रेडमा रहेका खेलाडीहरूले ३५ हजार, ‘सी’ ग्रेडका खेलाडीहरूले २५ हजार र ‘डी’ ग्रेडमा रहेका खेलाडीहरूले २० हजार पारिश्रमिक पाउनेछन्। पुरुष खेलाडीहरूको हकमा ‘ए’ ग्रेडमा परेकाहरूले मासिक १ लाख, ‘बी’ ग्रेडका खेलाडीहरूले ७० हजार, ‘सी’ ग्रेडका खेलाडीहरूले ५५ हजार, ‘डी’ ग्रेडका खेलाडीहरूले ३५ हजार तथा ‘इमर्जिङ’ श्रेणीमा परेका खेलाडीहरूले २५ हजार पारिश्रमिक पाउनेछन्।

यस पटक महिलातर्फ ‘ए’ ग्रेडमा पुजा महतोले स्थान बनाएकी छन्। उनलाई इन्दु वर्मा, रुविना चौधरी र सीता राना मगरले साथ दिएका छन्। पुरुषतर्फ भने ‘ए’ ग्रेडमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहित दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख समावेश भएका छन्।

क्यानद्वारा सार्वजनिक सूचीले नेपाली क्रिकेट खेलाडीहरूको आर्थिक सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। हालैका वर्षहरूमा क्रिकेट नेपालमा लोकप्रिय बन्दै गएको छ भने खेलाडीहरूलाई आवश्यक सुविधासहित दीर्घकालीन करारको व्यवस्था गर्नुपर्ने आवाज उठ्दै आएको छ। नयाँ सूचीले खेलाडीहरूलाई थप प्रेरित गर्ने विश्वास गरिएको छ।

नेपाल क्रिकेट संघले यो निर्णयलाई पारदर्शी बनाएको बताएको छ भने आगामी दिनमा प्रदर्शनका आधारमा फेरबदल गर्न सकिने जनाएको छ। खेलाडीहरूले क्यानको यस निर्णयलाई स्वागत गर्दै आफ्नो खेलमा सुधार गर्दै अघि बढ्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग