विराट गोल्डकप फागुन १९ देखि सुरु, १० टोलीको सहभागिता

Categories:

-

विराटनगर,१८ फागुन । ‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने मूल नाराका साथ विराट गोल्डकप फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरमा आयोजना गरिँदै छ।

विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १० टोलीको सहभागिता रहने जानकारी गराएको छ। भारतबाट २ टोली र नेपालका विभागीय टोलीहरूसहित ८ टोली खेलमा प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा कोलकाता फुटबल क्लब र आयोजक मोरङ-११ भिड्ने संयोजक नवीन रिजालले जानकारी दिए।

प्रतियोगिताको संरक्षक तथा प्राविधिक सहयोग कोसी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, र मोरङ उद्योग व्यापार संघले गर्नेछन्।

प्रतियोगिताका लागि १ करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विजेताले ११ लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै,

  • उत्कृष्ट प्रशिक्षकलाई १५ हजार
  • उत्कृष्ट गोलरक्षकलाई १५ हजार
  • सर्वाधिक गोलकर्तालाई १५ हजार
  • प्रतिदिनको उत्कृष्ट खेलाडीलाई ११ हजार
  • सर्वश्रेष्ठ खेलाडीलाई ५१ हजार प्रदान गरिनेछ।

खेलअघि राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिनेछ।

खेल क्षेत्रका जानकार सन्तोष बानियाँले विराट गोल्डकपको योगदान ऐतिहासिक रहेको उल्लेख गरे। विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोर शाहीले २०१८ सालदेखि सुरु महेन्द्र गोल्डकपको संरक्षण आवश्यक रहेको बताउँदै प्रदेश सरकारले सहयोग नगरेकोप्रति असन्तुष्टि जनाए।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य