फागुन १८, काठमाडौं। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियन म्याट रोस नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई एक वर्षको सम्झौतासहित प्रशिक्षक पदमा नियुक्त गरेको हो।
एन्फाका महासचिव किरण राईले रोससँग सम्झौतामा हस्ताक्षर गरेका छन्। एन्फाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी पुरुष राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा म्याट रोसलाई स्वागत गर्न पाउँदा खुसी छौँ। उनको नेतृत्वमा हामी नयाँ यात्राका लागि उत्साहित छौँ।”
रोसको नेतृत्वमा नेपाली फुटबलले नयाँ उचाइ प्राप्त गर्ने आशा गरिएको एन्फाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्

