नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला

Categories:

-

काठमाडौं,११ फागुन । नेपाल माइक्रो इन्स्योरेन्सले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो। लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ।

यसअघि, पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको थियो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएपछि कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो, जुन चुक्ता पुँजीको ३० प्रतिशत हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य