काठमाडौं, ११ फागुन । नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज म्यान्मारको सामना गर्नेछ। खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
नेपाल र म्यान्मार दुवैले यसअघि लेबनान र किर्गिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेका छन्।
नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५-० र लेबनानलाई ३-१ गोल अन्तरले हराएको थियो।
गोल अन्तरका आधारमा म्यान्मार शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ।
आज अपराह्न १ बजे लेबनान र किर्गिस्तानबीच खेल हुनेछ। दुवै टोली फाइनल दौडबाट बाहिरिए पनि सान्त्वना जितको खोजीमा रहनेछन्।
प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबीच हुनेछ।
प्रतिक्रिया दिनुहोस्


