काठमाडौं, १५ माघ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट यसअघि उठाएको दुई खर्ब ३१ अर्ब रुपैयाँ अझै परिपक्व हुन बाँकी रहेको अवस्थामा थप ३० अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ।
बैंकहरूले ऋण लगानीमा अपेक्षित वृद्धि गर्न नसकेपछि तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यो कदम चालेको हो। बोलकबोल उपकरणमार्फत २१ दिनका लागि रकम खिच्ने प्रक्रिया सुरु गर्न राष्ट्र बैंकले प्रस्ताव माग गरेको छ।
यसअघि खिचिएको दुई खर्बभन्दा बढी रकम परिपक्व नभए पनि बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएको कारण यो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।
तरलता व्यवस्थापनको यो प्रयासले बैंकहरूको ऋण प्रवाह क्षमता सुधार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। तर, यसले बैंकिङ प्रणालीमा अल्पकालीन दबाब सिर्जना गर्न सक्ने विश्लेषकहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्

