काठमाडौं,१४ माघ । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० वर्षे विकास ऋणपत्र २०९१ बिक्री तथा निष्काशन गरी यो रकम संकलन गर्न लागेको हो।
ऋणपत्र यही माघ १५ गते बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने र माघ १८ गते निष्काशन हुनेछ।
ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


