नेपालको यु–१९ महिला क्रिकेट टोली घोषणा, पहिलो विश्वकपमा खेल्दै

Categories:

-

काठमाडौँ, २१ पुस । मलेसियामा आगामी माघ ५ देखि सुरु हुने यु–१९ महिला विश्वकपका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। पूजा महतोको कप्तानीमा रहेको टोलीमा गत एसिया कप खेलेका सबै खेलाडीलाई समावेश गरिएको छ।

नेपाल यसपटक पहिलो पटक महिला विश्वकपमा सहभागी हुँदैछ। एसिया क्षेत्र छनोटमा युएईलाई ८ विकेटले हराउँदै नेपालले यो प्रतियोगितामा स्थान बनाएको थियो।

नेपाल समूह ‘डी’ मा बंगलादेश, अस्ट्रेलिया, र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। उद्घाटन खेलमा नेपालले माघ ५ मा बंगलादेशको सामना गर्नेछ। समूह चरणमा शीर्ष तीनमा परे सुपर सिक्समा पुग्ने छ, जहाँ अन्य समूहका टिमहरूसँग खेल्ने अवसर हुनेछ।

विश्वकपको फाइनल खेल माघ २० मा हुनेछ। यो प्रतियोगिता नेपालको महिला क्रिकेटको लागि ऐतिहासिक अवसर हो।

नेपाल महिला क्रिकेट टीम
प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य