spot_img
23.1 C
Kathmandu

रौतहट, गढीमाइ-८: एकीकृत समाजवादी विजयी

spot_imgspot_imgspot_imgspot_img

-

रौतहट, मङ्सिर १७ ।को गढीमाइ नगरपालिका वडा नम्बर ८ मा नेकपा एकीकृत समाजवादीले विजय हासिल गरेको छ। पार्टीका उम्मेदवार बजिरंगप्रसाद यादव ६५५ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी जिउती देवी यादवले ६३१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरिन्। त्यस्तै, नेपाली कांग्रेसका सुबोधकुमार यादवले ६१७ मत प्राप्त गरे।

यसपटकको स्थानीय तहको उपनिर्वाचनमा गढीमाइ–८ का मतदाताले फरक राजनीतिक धारलाई प्राथमिकता दिएका छन्। निर्वाचन परिणामले स्थानीय तहमा एकीकृत समाजवादीको प्रभाव देखिएको छ।

गढीमाइ–८ को यो नतिजा परम्परागत ठूला दलहरूको पकडलाई चुनौती दिने खालको देखिएको छ। विजय प्राप्त गरेपछि बजिरंगप्रसाद यादवले जनताको सेवामा इमानदार र सक्रिय भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग