spot_img
18.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

कर्णाली याक्समा अनुबन्धित चादविक वाल्टन नेपाल आइपुगे

spot_img

-

काठमाडौं, मंसिर १२ – कर्णाली याक्समा अनुबन्ध भएका वेस्ट इन्डिजका क्रिकेटर चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन मंगलबार नेपाल आइपुगेका छन्। अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका वाल्टनलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरे।

वाल्टनले सन् २०१४ मा न्युजिल्यान्डविरुद्ध डेब्यु गरेका थिए। उनले १९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा दुई सय २५ रन बनाएका छन्। यस्तै, उनले दुई टेस्ट र नौ एकदिवसीय खेलमा पनि सहभागिता जनाएका छन्।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक र सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्सले यसअघिका दिनहरूमा चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। टोलीले केही दिनअघि मात्रै भारतीय क्रिकेटका चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गरेको थियो, जसले एनपीएल खेल्न आउने सबैभन्दा ठूलो नामको रूपमा चर्चा बटुलेका छन्।

टोलीमा वाल्टनबाहेक हङकङका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूद पनि छन्। कर्णाली याक्सले नेपाली खेलाडीहरूमा गुल्सन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी, र दीपक डुम्रेलाई समावेश गरेको छ।

यस्तै, ट्यालेन्ट हन्टमार्फत विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयरका रूपमा छनोट गरिएको छ।

कर्णाली याक्सले यसअघि कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ र सिसन बानियाँलाई युथ एम्बेसडरको रूपमा नियुक्त गरिसकेको छ। एनपीएल प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुनेछ। कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग प्रतिस्पर्धा गर्नेछ।

कर्णाली याक्सले टोलीमा अनुभव र प्रतिभाको उत्कृष्ट मिश्रण गरेर उपाधि दाबेदारीमा आफूलाई बलियो बनाउन खोजेको छ। टोलीप्रतिको दर्शकहरूको उत्साह पनि दिनदिनै बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग