spot_img
23.1 C
Kathmandu

भन्सारदर घटेपछि सुनको मूल्यमा व्यापक गिरावट, तोलामा १५ हजार ९०० रुपैयाँले कमी

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौँ ,१० मङ्सिर । सरकारले सुनको भन्सारदर घटाएसँगै सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेर एक लाख ५१ हजार तीनसय रुपैयाँमा झरेको छ। हिजो यसको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो।

सरकारले हालै सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याएको छ, जसका कारण एकैपटक सुनको भाउमा ठूलो गिरावट आएको हो। चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीको सम्भावनालाई मध्यनजर गर्दै सरकारले भन्सारदर घटाउने निर्णय गरेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै उच्च विन्दुमा पुग्दै तोलाको १ लाख ७१ हजार रुपैयाँको कीर्तिमान बनाएको थियो। पछिल्लो दुई सातामा सुनको मूल्यमा ११ हजार रुपैयाँको कमी आएको थियो। आजको गिरावटले सुनमा लगानी गर्नेहरुबीच निराशा छाएको छ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग