spot_img
23.1 C
Kathmandu

रवि लामिछानेको म्याद थपका लागि कास्की अदालतमा पुनः पेश

spot_imgspot_imgspot_imgspot_img

उनलाई कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ गरिएको थियो

-

कास्की, मंसिर ९ — सहकारी रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज पुनः जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ। यो पाँचौँ पटक म्याद थपका लागि अदालतमा पेश गरिएको हो। यसअघि, कात्तिक २५ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमार्फत २५ दिनको म्याद थपको अनुमति माग्ने तयारी गरेको छ। स्रोतका अनुसार म्याद थप भएपछि यसै हप्ता लामिछानेलाई काठमाडौँ पठाइनेछ। यसै प्रकरणमा गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशी र कुमार रम्तेललाई पनि काठमाडौँ पठाइएको थियो। बयान सकाएपछि उनीहरूलाई पुनः पोखरा फर्काइएको छ।

लामिछानेमाथि सूर्यदर्शन सहकारीको तीन करोडभन्दा बढी रकम अपचलनको आरोप लागेको छ। उनलाई कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ गरिएको थियो र त्यसयता क्रमिक रूपमा म्याद थपिएको छ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग