9.1 C
Kathmandu

प्रधानमन्त्री ओली र एलन मस्कबीच छलफल, प्रविधि साझेदारीको सम्भावनामा चासो

-

काठमाडौँ, ७ मङ्सिर ।प्रधानमन्त्री केपी शर्मा ओली र चर्चित प्रविधि उद्यमी एलन मस्कबीच शुक्रवार साँझ कुराकानी भएको छ। यो कुराकानीबारे प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुक ह्यान्डलमार्फत जानकारी गराउँदै, “अहिले एलन मस्कसँग कुराकानी गरिरहेको छु” भनेर लेखेका छन्।

ओली र मस्कबीच प्विरविधिका भिन्न आयामहरूबारे छलफल भएको उल्लेख गरिएको छ। एलन मस्क, जो टेस्ला र स्पेसएक्सजस्ता प्रमुख प्रविधि कम्पनीहरूका संस्थापक हुन्, पछिल्लो समय अमेरिकामा पनि चर्चाको केन्द्रमा रहेका छन्।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरेका मस्कले ह्वाइट हाउसको सरकारी दक्षता विभागको जिम्मेवारी पनि पाएका छन्। यो परिप्रेक्ष्यमा, प्रधानमन्त्री ओली र मस्कबीच भएको कुराकानी महत्वपूर्ण मानिएको हो ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य