spot_img
18.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

कात्तिकमा देशभरका मालपोत कार्यालयबाट रु २ अर्ब ७० करोड राजस्व सङ्कलन

spot_img

-

काठमाडौँ,३ मङ्सिर । देशभरका मालपोत कार्यालयले कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजस्व सङ्कलन गरेका छन्। यो सङ्कलन, असोज महिनाको तुलनामा कम हो। असोजमा रु तीन अर्ब ८ करोड १२ लाख ४१ हजार ४८१ बराबरको राजस्व सङ्कलन भएको थियो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, चाडपर्वको कारण कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो।

काठमाडौँ उपत्यकाका नौ मालपोत कार्यालयमध्ये लगनखेल मालपोत कार्यालयले सबैभन्दा बढी रु २४ करोड ५७ लाख ५४ हजार ८५८ बराबरको राजस्व सङ्कलन गरेको छ। भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार ६४५, डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार ५४५, र चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार ९९२ सङ्कलन गरेका छन्।

देशभरका १३३ मालपोत कार्यालयहरूले कात्तिकमा रु १७ करोड ७८ लाख ३८ हजार ४६६ सेवा कर, रु एक अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१ रजिष्ट्रेशन शुल्क, र रु ९३ करोड ७७ लाख ९१ हजार ८२० पुँजीगत लाभकर सङ्कलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग