काठमाडौँ, ६ कार्तिक ।राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने तीन विकास बैंक र चार फाइनान्स कम्पनीहरू सार्वजनिक भएका छन्। मितेरी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, सिन्धु विकास बैंक, र फाइनान्स कम्पनीहरू रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गोरखाज फाइनान्स, र जानकी फाइनान्सले नियम उल्लंघन गरेका हुन्।
राष्ट्र बैंकका अनुसार, मितेरी डेभलपमेन्ट बैंकले अधिकतम ब्याजदरको अन्तर ४.६० प्रतिशत कायम गरेको, साल्पा र सिन्धु विकास बैंकले वित्तीय विवरण समयमा बुझाउन ढिलाइ गरेको कारण बैंकका सञ्चालक र सीईओलाई सचेत गराइएको छ।
रिलायन्स फाइनान्सले अनिवार्य नगद मौज्दात नबनाएकोले ११ हजार २२७ रुपैयाँ जरिवाना गरिएको छ। यसैगरी, प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेका र गोरखाज फाइनान्सले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको जनाइएको छ।