काठमाडौं, असोज ४ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत दुई महिनामा वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नाफा ६.३ प्रतिशतले वृद्धि भएको हो। नेपाल एसबिआई बैंकले सबैभन्दा धेरै ९५ प्रतिशतले नाफा बढाएको छ।
नबिल बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा गर्दै सबैभन्दा धेरै नाफा कमाएको बैंक भएको छ भने ग्लोबल आइएमई बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ। ६ वटा बैंकको भने नाफा घटेको छ, जसमा एनआइसी एशिया बैंकको नाफा २७ प्रतिशतले घटेको छ।
यस्तो छ नाफा विवरण :
प्रतिक्रिया दिनुहोस्


