बैंकहरुले चाडपर्व लक्षित गरी सस्तो ब्याजदरमा अटो कर्जा उपलब्ध गराउँदै

Categories:

-

काठमाडौं,२ कार्तिक । – विभिन्न वाणिज्य बैंकहरुले चाडपर्वको अवसरलाई लक्षित गर्दै सस्तो ब्याजदरमा अटो कर्जा योजना ल्याएका छन्। स्थिर ब्याजदरमा न्यूनतम ७.७७ प्रतिशतदेखि अधिकतम १२.४९ प्रतिशतसम्मका कर्जा योजना उपलब्ध गराइरहेका छन्।

हाल कर्जाको औसत ब्याजदर ९.९० प्रतिशतमा झरेको भए पनि कर्जा प्रवाह भने वृद्धि हुन सकेको छैन। विभिन्न बैंकहरूले यो चाडपर्वको सिजनलाई लक्षित गर्दै सस्तो दरमा अटो कर्जा योजना ल्याएका छन्, जसले गर्दा ग्राहक आकर्षणको अपेक्षा गरिएको छ।

राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा अटो कर्जा योजना ल्याएको छ, जबकि कृषि विकास बैंकले स्थिर ‘बेसरेट’मा अटो कर्जा प्रस्ताव गरेको छ। यसैगरी, नेपाल एसबीआई बैंक, सानिमा बैंक, र नेपाल बैंकले बेसरेटमा विभिन्न प्रिमियम दर राखेर अटो कर्जा प्रदान गर्दैछन्।

एनएमबी, नबिल, कुमारी, प्रभु, लक्ष्मी सनराइज, र एभरेष्ट बैंकहरूले एकल अंकको ब्याजदरमा अटो कर्जा योजना ल्याएका छन् भने केही बैंकहरूले दोहोरो अंकको स्थिर ब्याजदरमा पनि कर्जा प्रदान गरिरहेका छन्।

चाडपर्वलाई लक्षित गर्दै ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकहरूले यो सिजनमा अटो कर्जा बढ्ने आशा राखेका छन्।

यस्तो छ ब्याज दर :

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य