spot_img
14.1 C
Kathmandu
Saturday, February 8, 2025
spot_imgspot_imgspot_imgspot_img

ओरालो लाग्यो सेयर बजार, आज पाँच अर्ब २९ करोडको भयो कारोबार

spot_img

-

काठमाडौं, १७ माघ ।  साताको चौथो कारोबार दिन लगातार तीन दिन बढेको सेयर बजार मापक नेप्से परिसूचक आज २१.६७ अंकले घटेको छ ।

बुधबार नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्र कम्पनीको एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ ।

१३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचकको मात्र आर कारोबार बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घट्यो ।

बुधबार साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्से परिसूचकमा सुधार आएपनि बुधबार भने कारोबार घटेको छ । हिजो परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) पुग्दा सेयर बजारमा पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग