31.1 C
Kathmandu
Saturday, June 15, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

कुशल भुर्तेलको सानदार प्रर्दशनमा सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी

सम्बन्धित खबर

काठमाडौं, १३ कात्तिक । टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ ।
समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको किर्तिपुर मैदानमा भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको सिंगापुरले दिएको १ सय ४६ रनको चुनौति लाई नेपालले १६.३ ओभरमा मात्रै २ विकेट गुमाएर पुरा गरेको हो ।
निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा सिंगापुरले १ सय ४५ रनको बनाएको थियो ।

नेपालका लागि ओपनर व्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेलले ८ ओभरको सहकार्यमा उनीहरुले ८४ रनको साझेदारी गरे ।

सिंगापुरले दिएको मध्यम लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४६ बल खेल्दै ७४ रनको गर्विलो योगदान गरे ।

ओपनिङमा आएका आसिफले २६ बल खेलेर १ छक्का र २ चौकाको मद्दतमा २७ रन बनाए । उनलाई सिंगापुरका अक्षय पुरीले आउट गरे ।

तेस्रो नम्बरमा व्याटिङ गर्न मैदान आएका क्याप्टेन रोहित पौडेलले अविजित ३५ को योगदान दिए भने कुशल मल्लले अविजित ६ रन बनाए ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष