निरन्तर उकालो लाग्दै सुनको मूल्य

Categories:

-

काठमाडौं,२६ असोज  । साताको अन्तिम दिन सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ  ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय ५० रुपैँया पुगेको छ । तर,चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १३ सय ४५ रुपयाँ कायम भएको छ ।

बिहीबार एक लाख ९ हजार ५ सयमा रुपैयाँमा कारोवार भएको छापावाल सुन आज  ६ सयले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य