Tuesday, December 5, 2023
22.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

बालेन र बागमती क्रिकेट संघका अध्यक्ष खड्काबीच भेटवार्ता

सम्बन्धित खबर

काठमाडौं, २९ भदौ ।काठमाडौं महानगरपालिकका मेयर बालेन शाह र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्ता भएको छ ।

आजको भेटमा काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने सहमती भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै क्रिकेट नेटको व्यवस्था गर्न लागिएको बताए ।

उनले लेखेका छन्, ‘पारस खडका , ज्ञानेन्द्र मल्ल , पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौ ।’

त्यस्तै, कुशल प्रशिक्षकहरुको पनि अभाव रहेको जनाउँदै बागमती संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल ० क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने उनले जनाए । जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने उनले जनाएका छन् ।

उनले लेखेका छन्, ‘बाग्मती प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो । यस खाडललाई सम्बोधन गर्न, हामीले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा  काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल ०  क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दै छौ । जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने छ ।’

उनले यस्ता कार्यक्रम मार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने, ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष