24.1 C
Kathmandu
Thursday, September 12, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

एमसीसीको सम्झौता खारेजी मात्र होईन फिर्ता हुनुपर्छ : नेता गजुरेल

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं,९ भाद्र । क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले एमसीसी खारेजी मात्र नभइ फिर्ता हुनुपर्ने टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘एमसीसी खारेज वा फिर्ता’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा नेता गजुरेलले एमसीसीको सम्झौता राष्ट्रघात भएको टिप्पणी गरे । उनले एमसीसी अब लागू गर्दैंनौ भनेर पार्टीहरु उठिदिए भने सम्झौता फिर्ता हुने भन्दै एमसीसी खारेजी मात्र होईन फिर्ता नै हुनुपर्ने बताए ।

उनले भने,‘एमसीसीको सम्झौता संससदबाट अनुमोदन गरेर दलहरुले देशका विरुद्ध ठूलो अपराध गरेका हुन् । अपराध कम गर्न त्यो बेला पारित ग¥यौं अब लागू गर्दैंर्नौ भनेर पार्टीहरु उठिदिए भने, त्यहाँ सहमति भईदियो भने सम्झौता उसले फिर्ता लैजानुपर्छ , आज हाम्रो माग एमसीसी खारेजी मात्र होईन फिर्ता हुनुपर्छ ।’

नेता गजुरेलले एमसीसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरु नै आज मन्त्रिमण्डलमा रहेको बताए । आत्महत्या गर्छु भन्नेहरुले आन्दोलनमा सहभागी भएर पाप नपखाले ईतिहासले त्यसको सजाय दिने तर्क पनि गजुरेलले गरे ।

उनले भने,‘हिजो एमसीसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरु आज मन्त्रिमण्डलमा पो छन् के आत्महत्या गर्नु । हिजो आत्महत्या गर्छु भन्नेहरुले पाप पखाल्नका लागि भएतापनि कुनै न कुनै किसिमबाट आन्दोलनमा सहभागी भएर त्यो पाप पखाल्नुपर्छ । आएन भने ईतिहासले त्यसको सजाय उनीहरुलाई दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष