spot_img
13.1 C
Kathmandu
Thursday, January 23, 2025
spot_imgspot_imgspot_imgspot_img

नेपालको पुँजीबजार गम्भीर अवस्थामा रहेकोले सुधार गर्न लगानीकर्ताको माग

spot_img

-

काठमाडौं, ३२ साउन । नेपाल धितोपत्र बोर्ड, नेप्से, अर्थमन्त्रालयलगायत अन्य निकायलाई नेपालको पुँजीबजार गम्भीर अवस्थामा रहेको भन्दै तत्काल सुधारको माग गर्दै ध्यानाकर्षण गराइएको छ ।

शेयर लगानीकर्ताहरुको तर्फबाट तिलक कोईरालाले पुँजीबजारमा आपर्तिको खोला बगाउँने, माग सिर्जना हुने कुनै पनि काम नगर्ने लाखौ लगानी कर्ताको रकम जोखिममा पार्ने काम भइरहेको बताए । उनले धितो पत्र बोर्ड, अर्थमन्त्रालय र नेप्सेले आवश्यक काम गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको बताए । लगानीकर्ता कोइरालाले आवश्यक काम नभए लगानीकर्ताहरु आक्रोशित भएर उत्रिने चेतावनी पनि दिए ।

उनले भने, पुँजीबजारमा गम्भीर खालको समस्याहरु देखा परिरहेको छ । धितो पत्र बोर्ड, नेप्से, अर्थमन्त्रालयलगायत अरु निकायहरुले गर्नुपर्ने कामहरु गरेका छैनन् । पुँजीबजारमा आपूर्तिको खोला बगाउँने, माग सिर्जना हुने कुनै पनि काम नगर्ने लाखौ लगानीकर्ताको रकम जोखिममा पार्ने काम धितो पत्र बोर्ड, अर्थमन्त्रालय र नेप्सेले गरिरहेका छन् । समयका काम गरेन भने लगानीकर्तामा ठूलो आक्रोस सिर्जना हुन्छ । ’
लगानीकर्ता कोइरालाले पुँजीबजारलाई मार्ने काम भईरहेको र त्यसको परिणाम नराम्रो आउँने भन्दै यस्को सुधारका लागि तत्काल काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग