काठमाडौं, ३० साउन । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्र्तगत सिजनको पहिलो खेल वल्भरह्याम्पटनले वान्डरर्सलाई हराएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले डिफेन्डर राफाएल भारानको गोलमा १–० को जित निकालेको हो ।
भारानले खेलको ७६ औं मिनेटमा गोल गरेका थिए । ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट पास निकालेपछि वान विसाकाले दिएको पहिलो बललाई भारानले हेडरमार्फत गोल गरेका थिए । त्यसअघि मार्कस रासफर्ड र गार्नाचोले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।
प्रतिक्रिया दिनुहोस्