spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

नेपाल हुँदै , ४ देखि ५ सय टन सुन भारत गइरहेको छ : डाक्टर कोइराला

spot_img

-

काठमाडौं, २७ साउन ।  नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले, नेपाल हुँदै टनका टन सुन भारत गइरहेको आशंका गरेका छन् ।

शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली बाटो हुँदै, ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे ।

‘भारतमा १३ सय देखि १४ सय टन सुन खपत हुने रहेछ त्यसमा भारतले ८ देखि ९ सय टन इम्पोर्ट गर्छ । मैले क्विन्टल र किलोको कुरा गरेको छैन् । ’ उनले भने ‘४ सय देखि ५ सय टन सुन अवैध रुपमा भारत गईरहेको छ । नेपालबाटै गएको होला । यो ७ दिनमा कति गयो होला अन्दाज गर्न सक्नुहुन्छ । अहिले  पनि गईहरेको छ हामीलाई सूचना मात्र नभएको हो ।’

त्यस्तै प्रधानमन्त्री कार्यालय मातहतमा राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धिकरण विभाग ल्याउनु दुर्भाग्य भएको बताए ।

उनले भने ‘ओलीजी प्रधानमन्त्री हुँदा खेरी नेपाली कांग्रेसका सभापतिले वक्तव्य नै निकालेका थियौं । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालय अन्र्तगत राख्नु हुन्दैन जुन पहिले जहाँथ्यो त्यही हुनु पठाउनु पर्छ भनेर हामीले सदनमा आवाज पनि उठायौं । ओली जिले सुन्नु भएन् । तर दुर्भाग्य हाम्रो शेरबहादुरजी  प्रधानमन्त्री हुनु भयो उहाँले पनि सुन्नु भएन् । आफ्नै मातहतमा राख्नु भयो । र अहिले प्रचण्डजीले पनि हामी बोलिरहेका छौं उहाँले पनि  आफ्नै मातहतमा राख्नु भयो ।’

सुन प्रकरण सुरु हुने साथै सिआइबीलाई अनसन्धानका लागि दिन आफूहरुले आग्रह गरेको उनको भनाई छ ।

‘सुन काण्ड हुनु भन्दा ७ दिन पहिले नवराज ढुङगानालाई राजस्व अनुसन्धान विभागमा लगियो । सुन काण्ड भयो । प्रहरीलाई सहभागि गराईएन् । हामीले भनिराख्यौं सिआईबीलाई दिइहालौं भनेर । ’ उनले भने ।

अर्को प्रशंगमा उनले नेपाली कांग्रेसमा व्यक्तिवादी, स्वार्थीपनाको चरित्र हावि भएको बताए ।

यस्ता क्रियाकलापले पार्टीलाई कमजोर पार्ने भन्दै उनले विधिविधानलाई मिच्ने प्रवृत्तिप्रति नेपाली कांग्रेस होसियार हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग